सेवक अभियानले संखुवासभामा बाँड्यो सहयोग सामग्री



खाँदबारी । सामाजिक संस्था शेवक अभियानले संखुवासभामा शैक्षिक सामग्री, खाद्यन्न र लत्ताकपडा वितरण गरेको छ । संस्थाले खाँदबारी ९ मा अवस्थित मनकामना धामको बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यन्न र लत्ताकपडा वितरण गरेका हुन् ।

संस्थाले कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सहयोग सामग्री हस्तान्तरण गरेको हो । संस्थाले बृद्धहरुलाई सर्ट र बृद्धाहरुलाई साडी र सबैलाई चप्पल वितरण गरेको वितरण सेवक नेपालका सदस्य एवम् सामग्री वितरण कार्यक्रमका संयोजक सुनिता श्रेष्ठले जानकारी दिनुभयो । बृद्ध र बृद्धा २९ जनालाई उक्त सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै अभियानले माट्स नेपालले सञ्चालन गरेको बाल गृहका १२ बालबालिकाहरुलाई पनि कापी, पेन्सिल, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको थियो । यहाँका साहारा विहिन बालबालिकाहरुलाई समेत केहि खाद्यन्न वितरण गरिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

सेवक नेपाल संस्थाले विगतदेखि नै विभिन्न जिल्लामा सहयोग सामग्री वितरण गर्दै आएको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार