सभाखाेलादेखि केँवासम्म सार्वजनिक सवारीलाई टाईम कार्ड लागु गरिने



खाँदबारी । कोशी राजमार्ग अन्तरगत संखुवासभाको सभाखाेलादेखि धनकुटासँगकाे सिमाक्षाेत्र केँवा खाेलासम्म सार्वजनिक सवारीलाई टाईम कार्ड लागु गरिने भएकाे छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका असाेज १ बाट टाइम कार्ड लागू गरिने भएकाे हाे ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सर्वपक्षीय बैठकले यस्ताे निर्णय गरेकाे हाे । चाडपर्वको सयममा गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । आज जिल्ला प्रशासन कार्यालय संखुवासभामा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको अध्यक्षतामा बसेको बैठकले याे निर्णय गरेको हो । केँवादेखि सभाखाेलासम्मकाे १७.५ किमि सडकमा ४५ मिनेटकाे समय राखि टाइम कार्ड लागू गरिएको हाे ।

बैठकले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सवैले ट्राफिक नियमको पूर्ण पालना गर्ने तथा ट्राफिक प्रहरीले यात्रुहरुको गन्तब्य सुरक्षित बनाउन चेकजाँच गर्ने र जिल्ला प्रशासन कार्याल र प्रहरी कार्यालयले अनुगमन गर्ने निर्णय गरेको छ ।

बैठकले सडक सम्वद्ध कार्यालय र पालिकाहरुसँगको समन्वयमा सहज रुपमा यातायात संचालन हुने गरी नियमित सडक मर्मत संभार गर्ने, ट्राफिक संकेत बोर्डहरु चिन्ह राख्न लगाउने निर्णय गरेकाे छ ।

सम्बन्धित समाचार