सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते



पाख्रीबास । धनकुटाको सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बिहान करिब ११ बजेपछि ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा सहिदभूमि गाउँपालिका–२, का करिब १८ वर्षीय खगेन्द्र परियारको मृत्यु भएको छ ।  ट्याक्टर चालक सोही ठाउँका करिब २३ वर्षीय सचिन परियार भने घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले जाकारी दिनुभयो ।

को. २ त. ८६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको थियो । सहिदभूमिस्थित सेती चोकबाट ढुङ्गा बोकेर पञ्चकन्या आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

गोरखापत्रबाट साभार

सम्बन्धित समाचार