फुङलिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै लुटपाटको समान फिर्ता गर्न आग्रह गरेको हो ।
तोकिएको समयमा सामान फिर्ता नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नगरपालिकाको प्रशासकीय भवन तोडफोड र आगजनी गरिएको थियो । साथै नगरपालिकाको विभिन्न सामानहरू लुटपाट गरि लगेको सिसिटिभी फुटेजमा देखिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नेपाली काँग्रेस, नेकपा , राष्ट्रिय स्वतन्त्र पार्टी लगायत राजनीतिक दलका जिल्ला पार्टी कार्यालयहरू समेत तोडफोड गरी क्षति पुर्याइएको थियो । यो सँगै पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क भवन र टि हाउस पनि आगजनी गरी नष्ट गरिएको थियो । माथिल्लो तमोर जलविद्युत् आयोजनामा पनि क्षति पुराएका थिए ।
रासस


प्रतिक्रिया