जेन्जी सहिद प्रविन कुलुङलाई सिलिचोङले दियो श्रद्धाञ्जली



खाँदबारी । जेञ्जी आन्दोलनको क्रममा काठ्माण्डौमा सहिद बनेका संखुवासभा सिलिचोङ गाउँपालिका ३ लकुवाका प्रविन कुलुङलाई आफ्नो पालिका सिलिचोङ गाउँपालिकाले श्रद्धाञ्जली दिएको छ ।

बुधबार हेलिकप्टरबाट पालिका ल्याईएको प्रबिनको पार्थिव शरिर सिलिचोङ गाउँपालिकाको प्राङ्गणमा राखि श्रद्धाञ्जली दिईएको हो ।

ताम्कु स्थित मकालु बरुण राष्ट्रिय निकुञ्जको हेलिप्याटमा पार्थिव शरिर ओरालिएको थियो । त्यहाँबाट गाउँपालिकाको प्राङ्गणमा ल्याई जनप्रतिनीधि, कर्मचारी र स्थानीयले श्रद्धाञ्जली दिएका हुन् । पालिकामा संक्षिप्त श्रद्धाञ्जली सभा राखिएपछि लकुवा लगिएको थियो ।

पार्थिव शरिरलाई आफ्नो घर लकुवा लगि कुलुङ परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

सम्बन्धित समाचार