चिचिला गाउँपालिकाकाे स्वास्थ्य शिवरमा ३४७ जनाले लिए निशुल्क सेवा



खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिकामा आयाेजना गरिएकाे निशुल्क स्वास्थ्य शिविरमा ३ सय ४७ जनाले सेवा लिएका छन् । सनिबार र आईतबार २ स्थानमा आयाेजना गरिएकाे शिविरबाट उक्त सेवा दिईएकाे हाे ।

साविक मत्स्येपाेखरी गाविसलाई लक्षित गरि सनिबार  वडा नम्बर ४ स्थित मत्स्यपाेखरी सामुदायिक भवनमा शिविर आयाेजना गरिएकाे थियाे । त्यस्तै आईतबार साबिक दिदङ गाविसलाई लक्षित गरि दिदिङ स्वास्थ्य चाैकीमा शिविरकाे आयाेजना गरिएकाे हाे ।

मत्स्यपाेखरी शिविरबाट १८६ जनाले सेवा लिएकाे स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत जुद्धबहादुर राईले जानकारी दिनुभयाे । त्यस्तै दिदिङ स्वास्थ्य चाैकी शिविरबाट १६१ जनाले सेवा लिएकाे उहाँले बताउनुभयाे ।

शिबिरबाट जेनेरल फिजिसियन, आँखाको जाँच, ईसिजि सेवा, निशुल्क औषधी वितरण, निशुल्क चस्मा वितरण र पाठेघर आङ खस्ने समस्याको निशुल्क शल्यकृया बारे परामर्श सेवा दिईएकाे थियाे । शिविरमा चिकित्सक सिर्जन कटुवाल नेतृत्वकाे टाेलीले स्वास्थ्य सेवा दिएका थिए ।

शिबिर हेल्पिङ ह्याण्डस् हेल्थ एजुकेसनको सहकार्यमा चिचिला गाउँपालिकाको आयोजना गरेकाे हाे । प्राविधिक सहयाेग मनकामना अस्पताल तुम्लिङटारले गरेका थिए । शिविरमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले पनि सेवा दिएका थिए ।

चिचिला गाउँपालिकाले गत आर्थिक बर्षमा नाेबेल अस्पतालकाे सहयाेगमा शिविर सञ्चालन गर्न लागेकाे थियाे । तर देशभरका चिकित्सकहरु आन्दाेलित हुँदा उक्त शिविर प्रभावित भएकाे थियाे । उक्त शिविर राेकिएपछि पालिकाकाे तर्फबाट मनकामना अस्पतालका सञ्चालक नारायण श्रेष्ठसँग अनुराेध गरि शिविर सञ्चालन गरिएकाे हाे ।

सम्बन्धित समाचार