खाँदबारीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यू



खाँदबारी । संखुवासभाको खाँदबारी ७ स्थित वेलफेयर डाँडामा बोलेरो गाडीले ठक्कर दिएको पैदल यात्रीको मृत्यू भएको छ ।

सोमबार दिउँसो पाँचखपन नगरपालिका ३ का गंगा श्रेष्ठलाई गाडीले ठक्कर दिएपछि खाँदबारी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक रामकुमार लामिछानेका अनुसार करिव १२ः३० बजेको समयमा वेलफेयर भन्दा माथीको उत्तर दक्षिण कोशी सडकको घुम्तिमा गाडीले श्रेष्ठलाई ठक्कर दिएको थियो । गम्भिर घाईते श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारी पुर्याई उपचार गर्ने क्रममा निधन भएको हो ।

सवारी चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार