संखुवासभामा शिक्षकलाई आफ्नै फूपुकाे छाेराहरुले गरे खुकुरी प्रहार



खाँदबारी । संखुवासभाकाे मा‌तेवामा विहिबार साँझ आफ्नै पूपुकाे छाेराले मामाकाे छाेरालाई खुकुरी प्रहार गरेका छन् । शिक्षक समेत रहनुभएका राजेन्द्र राईलाई आफ्नै फूपुकाे छाेराहरु अमिर राई र सुरेन्द्र राईले खुकुरी प्रहार गरेका हुन् ।

दाजुभाइले जीवन ज्याेति माविमा कार्यरत शिक्षक राईलाई टाउकाे खुकुरी प्रहार गरेका हुन् । राईकाे टाउकाेमा गम्भिर चाेट लागेकाे छ । घाईते राईकाे उपचारकाे लागि न्यूराे अस्पताल बिराटनगर लगिएकाे वडा अध्यक्ष देबेन्द्र राईले जानकारी दिनुभयाे ।

खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रबक्ता प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयाे । दुवै पक्षले मादक पदार्थ सेवन गरेकाे प्रारम्भिक अनुसन्धानमा पाईएकाे उहाँले जानकारी दिनुभयाे । घटनकाे बारेमा थप अनुसन्धान भईरहेकाे उहाँले बताउनुभयाे ।

 

सम्बन्धित समाचार