सङ्खुवासभाको खाँदबारी –९ तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । खाँदबारी –९ तुम्लिङटार स्थित सालविसाउनेमा खुकुरी प्रहारबाट अन्दाजी ५६ बर्षीय कर्ण बहादुर कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो । मङ्लबार साँझ करिव ७ बजे धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको हो ।
स्थानीय २४ बर्षीय विक्रम कुमालको खुकुरी प्रहारबाट कर्ण बहादुरको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मैनाली बताउनुभयो । घटनाको जानकारी पाए लगत्तै प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीको टोली घटना स्थल तर्फ लागेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया