खाँदबारी । कार्तिक शुक्ल पूर्णिमाको दिन चिचिला गाउँपालिका ४ मत्स्यपोखरीमा लाग्ने मेलाको अवसरमा चिचिला गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएको छ । कार्तिक १९ गते लाग्ने मेलाको अवसरमा गाउँपालिकाले स्थानीय विदा दिएको हो ।
उक्त दिन चिचिला गाउँपालिका कार्यालय, मातहतका अन्य कार्यालयहरु बन्द रहने गाउँपालिकाले सुचना जारी गरि जानकारी गराएको हो । उक्त दिन आकस्मिक सेवा भने सुचारु रहने गाउँपालिकाले जनाएको छ । चिचिला गाउँपालिकामा स्थानीय बजार तथा मेलाहरुकाे माध्ययमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले स्थानीय बिदा दिईदै आएकाे गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयाे । मुख्यत: चिचिलामा डेँवा बजार, मत्स्ये मेला र देविटार मेला लाग्ने गरेकाे छ ।
मत्स्यपोखरीमा परापुर्वकालदेखि नै कार्तिक शुक्लपूर्णिमाको दिन विहानदेखि रातिसम्म नै मेला लाग्ने गरेको छ । मलामा प्राकृतिक सौँदर्यले भरिएको मत्स्यपोखरी घुम्न आउने तथा स्थानीय उत्पादनहरु विक्रि गर्नेहरुको बाक्लो उपस्थिति रहदै आएको छ ।
गाउँपालिकाले यस बर्षको मत्स्यमेलामा आउनको लागि निमन्त्रणा समेत गरेको छ ।


प्रतिक्रिया