कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ



विराटनगर । कोशीका चार जिल्लाबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् ।

झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

यस्तै सुनसरीको कोशी गाउँपालिका-१ बाट धादिङका ३० वर्षीय विष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको केराबारी गाउँपालिका-८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम ब्राउन सुनगरसहित विराटनगर-१५ बाट नियन्त्रणमा लिएको छ ।

यसैगरी धरान-१५ बाट लागूऔषध ट्रामाडोल २१० क्याप्सुल र नगद एक लाख ३० हजारसहित सोही स्थानका लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बेलबारी नगरपालिका-७ बाट बेलबारी-६ का जिवन सरदार ट्रामाडोल र डाइक्लोमाइन ५५ ट्याब्लेट सहित पक्राउ परेका छन् ।

यसैगरी उदयपुरले त्रियुगा नगरपालिका-७ बाट बेवारीसे अबस्थामा रहेको १२२ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको छ । पक्राउ परेका उनीहरूविरुद्ध सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । संगालोखबरबाट साभार

सम्बन्धित समाचार