सनम–गोपाल स्मृति कपको उपाधी खाँदबारी युथ क्लबलाई



सनम–गोपाल स्मृति कप खुल्ला पुरुष फूटसल प्रतियोगिता २०८२ मा खाँदबारी युथ क्लबले ट्राईवेकरमा युवा संघलाई पराजित गर्दै उपाधी आफ्नो नाममा पारेको छ। उपविजेता युवा संघले पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।
विजेताले रु। ५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले रु। ३३,३३३, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा खाँदबारी युथ क्लबका युके लिम्बू उत्कृष्ट गोलरक्षक, युवा संघका सुशान्त राई उत्कृष्ट खेलाडी, र खाँदबारी युथ क्लबका योगेश तामाङ उत्कृष्ट गोलकर्ता घोषित भए ।
प्रतियोगिता कार्तिक २८–२९ गते अनुरोध फूटसल मैदान, खाँदबारीमा सम्पन्न भएको थियो । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए । सेमिफाइनलमा खाँदबारी युथ क्लब जूनियर र युवा संघ ब् ले उत्कृष्ट प्रदर्शन देखाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी वडा–७ का वडाध्यक्ष देव पुवर मगर, विशिष्ट अतिथी वडा–१ का वडाध्यक्ष निरन्जन श्रेष्ठ, साथै खाँदबारी युथ क्लब, एड्भान्स क्लब, ग्यालेक्सी क्लब, युवा संघ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू उपस्थितिमा कार्यक्रम समापन गरिएको छ ।
संयोजक दावा लामाले प्रतियोगिताले केवल खेलकुदमा मात्र नभई युवामा सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

सम्बन्धित समाचार