खाँदबारी । संखुवासभाकाे सिलीचाेङ गाउँपालिकाले सिसुवाटार बुधबारेमा लाग्ने फिर्के मेलाकाे अवसरमा स्थानीय बिदा दिएकाे छ । हरेक बर्ष लाग्ने मेलाकाे अवसरमा पालिकाले भाेली (बिहिबार) बिदा दिएकाे हाे ।
उक्त दिन सिलीचाेङ गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयहरु बन्द रहनेछ । तर अत्यावश्यक तथा भईपरि आउने विबिध सेवाहरु भने नराेकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण राईले जानकारी दिनुभयाे ।
फिर्के मेलाकाे अवसरमा गाउँपालिकाले विगतका बर्षहरुदेखि नै स्थानीय बिदा दिँदै आएकाे छ । गाउँपालिकाकाे स्थानीय मेला तथा बजारकाे प्रवर्धनकाे लागि स्थानीय बिदा दिने गरिएकाे पालिका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयाे ।
बालाचतुर्दशीकाे अवसरमा संखुवा र सिसुवा खाेलाकाे संगम स्थल सिसुवाटार बुधबारेमा फिर्के मेला लाग्ने गरेकाे छ । यस बर्षकाे मेलामा साँगितिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । बुधबारे बजार ब्यवस्थापन समिति र बालाली युथ ग्रुपकाे आयाेजनामा साँगितिक कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे हाे ।
कार्यक्रममा गायक दखिन राई, बिराट तामाङ, साेनियल साम्पाङ लगायतले प्रस्तुति दिनेछन् ।


प्रतिक्रिया