खाँदबारी । श्रम संस्कृति पार्टिका अध्यक्ष एवम् धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ खाँदबारी आउनुहुने भएकाे छ । भाेली (सनिबार) संखुवासभाकाे सदरमुकाम खाँदबारीमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्न साम्पाङ आउनुहुने भएकाे हाे ।
सनिबार दिउँसाे खाँदबारी स्थित बसपार्कमा कार्यक्रमकाे आयाेजना गरिने भएकाे छ । साम्पाङले उक्त कार्यक्रमलाई सम्बाेधन गर्ने तथा संगठन विस्तार गरि श्रमदाताहरु (पार्टिमा आवद्ध सदस्यहरु) लाई सपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे श्रम संस्कृति पार्टिका संखुवासभा संयाेजक उमा कुमारी राईले जानकारी दिनुभयाे ।
कार्यक्रम दिउँसाे १२ बजे सुरु हुने बताईएकाे छ ।


प्रतिक्रिया