खाँदबारी । संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ शैयाको आधारभुत अस्पताल उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि अस्पतालको उद्घाटन गरिएको हो ।
अस्पतालबाट चिकित्सक सहितको टोलीले स्वास्थ्य सेवा दिनेछन् । हाल पोष्टमार्टम सेवा, ल्याब, फार्मेसी लगायतका सेवाहरु प्रदान भईरहेको र निकट भविश्यमा नै एक्स रे, भिडियो एक्स रे लगायतको सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष भिम सिङ्था लिम्बुले जानकारी दिनुभयो ।

६ करोड ९७ लाख ८ हजार १ सय त्रिचालीस रुपैँया ६३ पैसाको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्यले जानकारी दिनुभयो । सभापोखरीमा हालसम्म विभिन्न ७ स्वास्थ्य सेवा केन्द्रबाट नागरिकलाई सेवा दिईँदै आएको समेत उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया