खाँदबारी । सिलीचाेङ गाउँपालिकाले ७० बर्ष माथीका जेष्ठनागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेकाे छ । घरदैलाे स्वास्थ्य परिक्षण, परामर्श उपचार तथा सम्मान कार्यक्रम साेमबारबाट शुभारम्भ गरिएकाे हाे ।
सिलीचाेङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङ, उपाध्यक्ष देविता कुलुङ, प्रमुख प्रशासकीय अधिकृत प्रविण राई, वडा नम्बर ३ का जनप्रतिनिधिहरु तथा पालिकाका कर्मचारीहरुकाे उपस्थितिमा सिलिचाेङ ३ ताम्कूकाे साईजा टाेलबाट कार्यक्रम उद्घाटन गरिएकाे हाे । जेष्ठ नागरिकहरुमा नसर्ने राेगहरु बढ्दै गईरहेकाे तथ्याङ्कलाई मध्यनजर गर्दै ७० बर्ष भन्दा माथीका सबै जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले जानकारी दिनुभयाे ।
स्वास्थ्यकर्मीहरुले ब्लड प्रेसर, सुगर अनिबार्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ भने ७५ बर्ष भन्दा माथिका नागरिकहरुलाई एक थान इलेक्ट्रिक जग दिई सम्मान गरिने भएकाे छ । उच्च रक्तचाप तथा सुगरकाे नियमित औषधी सेवन गर्दै आएका बिरामीहरुलाई आवश्यक परामर्श तथा औषधी ब्यवस्थापनमा सहयाेग गरिने प्रमुख प्रशासकीय अधिकृत प्रविण राईले जानकारी दिनुभयाे । निशुल्क औषधीबाट हुनेसम्मकाे साधारण स्वास्थ्य सेवा जेष्ठ नागरिकहरुलाई घरमै दिने लक्ष्य सहित याे कार्यक्रम सञ्चालन गरिएकाे उहाँले बताउनुभयाे । याे कार्यक्रम सवै वडाकाे घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीकाे उपस्थितिमा सम्पन्न गरिनेछ राईलेबताउनुभयाे ।
सिलिचाेङ गाउँपालिकामा ७० बर्ष भन्दा माथिका नागरिकहरु ७८५ जना रहेका छन् भने ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु ४३९ जना रहेका छन् । त्यस मध्ये मध्ये वडा नम्बर १ सिसुवाखाेलामा ९८ जना, वडा नम्बर २ बालामा १२० जना, वडा नम्बर ३ ताम्कुमा १०९ जना, वडा नम्बर ४ मांतेवामा ७२ जना र वडा नम्बर ५ याफुमा ४० जना रहेका छन् ।


प्रतिक्रिया