उद्घाटन गरियाे दिदिङ आधारभुत विद्यालय भवन



खाँदबारी । चिचिला गाउँपालिका ३ दिदिङ स्थित दिदिङ आधारभुत विद्यालयकाे नव निर्मित भवन उद्घाटन गरिएकाे छ । गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाकाे अध्यक्षता तथा भारतीय राजदुतावासका प्रथम सचिव बशिष्ट नन्दनकाे प्रमुख आतिथ्यतामा भवनकाे आैपचारिक उद्घाटन गरिएकाे हाे ।

भारत सरकारकाे ८० र चिचिला गाउँपालिकाकाे २० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएकाे भवनकाे बिहिबार बृहद कार्यक्रमकाे आयाेजना गरि उद्घाटन गरिएकाे हाे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया लगायतका विशिष्ट ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बाेल्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भारत सरकारले अन्य क्षेत्रहरुमा पनि सहयाेग गर्दै आएकाे बताउनुभयाे । जिल्ला अस्पतालमा विशेषज्ञ सेवाहरु प्रदान गर्नका लागि पनि सहयाेग गरेकाे चर्चा गर्नुभयाे । भारतीय कम्पनीले निर्माण गरिरहेकाे अरुण तेश्राे जलविद्युत आयाेजनाहरुमा केहि बिवादहरु देखिए पनि त्याे स्वभाविक भएकाे र त्यसलाई छलफलबाट समाधान गर्नु पर्ने बताउनुभयाे । त्यस्ता  समस्याहरु बार्ता र छलफलबाट नै समाधान गर्दै आएकाे समेत बताउनुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी भारतीय राजदुतावासका प्रथम सचिव नन्दले भारत सरकारकाे समुदाय विकास परियाेजना अन्तर्गत विद्यालय भवन निर्माणमा सहयाेग प्रदान गरिएकाे बताउनुभयाे । भारतले नेपाल सरकारकाे प्राथमिकताकाे आधारमा शिक्षा, स्वास्थ्य, ग्रामिण विद्युतिकरण लगायतकाे क्षत्रमा सहयाेग गर्दै आएकाे बताउनुभयाे । भारतकाे स्वातन्त्रता दिवसकाे अवसरमा विद्यालयलाई बस र एम्बुलेन्स उपलब्ध गराउँदै आएकाे बताउनुभयाे । हालसम्म नेपालमा एक हजार ४९ एम्बुलेन्स ३८१ स्कुल बस प्रदान गरेकाेमा संखुवासभा १५ एम्बुलेन्स र ५ वटा बस प्रदान गरिसकिएकाे बताउनुभयाे । नेपालमा संकटकाे समयमा पनि सहयाेग गर्ने पहिलाे देश भारत रहेकाे नन्दनले दावी गर्नुभयाे ।

चिचिला गाउँपालिकाकाे विकासमा साझेदारी गरि सहयाेग गरेकाेमा कार्यक्रमका सभाध्यक्ष पालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले धन्यवाद ज्ञापन गर्नुभयाे । यस्ताे सहयाेगले भारत र नेपालकाे सम्बन्ध कस्ताे छ भन्ने प्रष्ट पारेकाे उहाँले बताउनुभयाे । हालसम्म माग गरिएकाे याेजनाहरु मध्ये केहि सहयाेगहरु प्राप्त भएकाे र अन्य विद्यालयहरुले पनि प्रस्तावना पेश गरेकाेले त्यसकाे सुनुवाई तथा सम्बाेधन हुने अपेक्षा लिईएकाे अध्यक्ष शेर्पाले बताउनुभाे ।

पालिकाल‍काे अर्काे विद्यालय सरश्वती माविकाे भवन निर्माणकाे लागि गत बर्ष नै प्रस्तावना पेश गरेकाे र नेपाल सरकार भाैतिक पुर्वाधार मन्त्रालयबाट पारित हुने क्रममा रहेकाे उहाँले बताउनुभयाे । चाँडै नै उक्त विद्यालयकाे भवन शिलान्यास गर्ने अपेक्षा गरिएकाे समेत अध्यक्ष शेर्पाले बताउनुभयाे ।

कार्यक्रममा बाेल्नुहँदै अध्यक्ष शेर्पाले वडा नम्बर ३ का स्वर्गीय वडा अध्यक्ष गजेन्द्र राईकाे याेगदानकाे स्मरण गर्नुभयाे । स्वर्गीय वडा अध्यक्ष राईकै मार्गदर्शन तथा सपनाका आधारमा विद्यालय भवन निर्माण गरिएकाे उहाँले बताउनुभयाे ।

कार्यक्रममा विद्यालय भवन निर्माण गर्न निशुल्क जग्गा दिने दाताहरुलाई सम्मान गरिएकाे छ । जग्गदाताहरु रत्नबहादुर राई तथा सितला राई, ठगबहादुर राई तथा हरीमाया राई,  गजेन्द्र कुमार राई तथा अमृता राई, सलबहादुर राई तथा बिर्खमाया राई, लाखबहादुर राई तथा दिलमाया राईलाई सम्मान गरिएकाे हाे । त्यस्तै विद्यालय भवन निर्माणका लागि सहयाेग गर्नुहुने रुद्रबहादुर राईलाई समेत सम्मान गरिएकाे छ ।

भवन निर्माण सम्पन्न अवधि अगावी सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण कम्पनी अमर डिएस बिल्डर्स जेभिलाई पनि सम्मान गरिएकाे छ ।

सम्बन्धित समाचार