खाँदबारी । छैटाैँ नरबहादुर विष्णुमाया श्रेष्ठ ब्याटमिन्टन प्रतियाेगिताकाे उपाधी प्रविन श्रेष्ठ र जानकी बल्लभ पाेखरेले जितेका छन् । संखुवासभाकाे साेमनाथ मेमाेरियल स्टेडियममा आज सम्पन्न फाईनल प्रतियाेगितामा मुनुहाङ गुरुङ र राज विक्रम लिम्बुकाे टिमलाई हराउँदै विजेता बनेका हुन् ।
उपाधिका लागि प्रतिष्पर्धा गरेका मुनुहाङ र राजबिक्रमकाे टिम उपविजेतामा सिमित बनेका छन् । प्रतियाेगितामा अमर विष्ट र मनिष श्रेष्ठकाे जाेडी र राजेन्द्र श्रेष्ठ र अनमाेल बुर्जा मगरकाे जाेडी तेश्राे बनेका छन् । अमर र मनिषकाे टाेली उपाधि विजेता प्रबिन र जानकीकाे टाेलीसँग पराजित भएका थिए । त्यस्तै, राजेन्द्र र अनमाेलकाे जाेडी उपविजेता मुनुहाङ र राज विक्रमकाे टाेलीसँग पराजित बनेका हुन् ।
उपाधि विजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेश्राे हुने टिमले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रति टिम नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
जिल्ला ब्याटमिन्टन संघ संखुवासभाकाे आयाेजनामा गत विहिबारबाट सुरु भएकाे संखुवासभा जिल्ला स्तरीय खुल्ला डबल पुरुष ब्याटमिन्टन प्रतियाेगितामा १९ टिमकाे सहभागिता रहेकाे थियाे ।
प्रतियाेगिता स्वर्गीय नरबहादुर तथा विष्णुमाया श्रेष्ठकाे परिवारले स्थापना गरेकाे नरबहादुर विष्णुमाया श्रेष्ठ प्रतिष्ठानले प्रायाेजन गरेकाे हाे । स्थापनाकालमा ब्याटमिन्टन संघलाई ५० हजार रुपैयाँ प्रदान गरि सुरु गरिएकाे याे प्रतियाेगिताका लागि यस बर्ष ८० हजार रुपैयाँ प्रदान गरिएकाे थियाे । आगामी बर्ष साताैँ संस्करणकाे प्रतियाेगिताकाे लागि एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष दिपेश श्रेष्ठले घाेषणा गर्नुभएकाे छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई संघकाे तर्फबाट अध्यक्ष सञ्जिव श्रेष्ठले धन्यवाद दिनुभयाे ।


प्रतिक्रिया