पाैष २६ देखि तीनपोखरी कप फुटबल प्रतियोगिता हुँदै



खाँदबारी । जिल्लाकाे खाँदबारी रंगशालामा पाैष २६ बाट तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । तीन पाेखरी समाज विकास क्लवकाे आयाेजनामा आमन्त्रित फुटबल प्रतियाेगिता हुन लागेकाे पत्रकार सम्मेलन सम्मेलन आयाेजना गरि जानकारी गराईएकाे हाे ।

प्रतियोगितामा कोशी प्रदेशका ८ चर्चित क्लवहरुकाे सहभागिता रहने क्लवका सचिव तुलाराम मगरले जानकारी दिनुभयाे । नेपाल सशस्त्र प्रहरी पकली कोशी प्रदेश, बेलका युथ क्लब उदयपुर, चुलाचुली स्पोर्टिङ क्लब दमक झापा, संखुवासभाका क्लवहरु खाँदबारी युथ क्लब, सेकाहा क्लब, मकालु फ्रेन्डस, शीतलपाटी क्लब र आयोजक तिनपोखरी क्लबले प्रतिष्पर्धा गर्ने सचिव मगरले बताउनुभयाे ।

प्रतियाेगिता माघ १ गते समापन हुने छ । प्रतियाेगिताकाे समापनकाे दिन स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारबाट सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरिने क्लवका अध्यक्ष मिनेश चापागाई‌ले बताउनुभयाे । प्रतियाेगिताकाे अवसरमा हेलिकोप्टरद्वारा सशुल्क संखुवासभाको धार्मिक पर्यटकीयस्थलहरु शिवधारा, सभापोखरी र पाथीभरा माताको दर्शन गर्ने कार्यक्रम तय गरिएकाे अध्यक्ष चापागाईले बताउनुभयाे ।

प्रतियोगिताको विजेताले नगद दुई लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद एक लाख २१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विद्यागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारकाे ब्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ ।

यस पटककाे प्रतियाेगितामा टिकट प्रणाली लागु गरिने बताईएकाे छ । प्रतियाेगिताकाे दाेश्राे सँस्करणसम्म निशुल्क हेर्न पाउने बताईएकाे भएपनि यस बर्षबाट न्यूनतम शुल्क उठाउने तयारी गरिएकाे क्लवका अध्यक्ष चापागाईले जानकारी दिनुभयाे । बालबालिका, जेष्ठ नागरिक अशक्त तथा अपाङ्गलाई निशुल्क प्रवेश गराईने तर अन्यबाट न्यूनतम् प्रवेश शुल्क लिईने उहाँले बताउनुभयाे । प्रतियाेगितालाई ब्यवसायिक बनाउन प्रवेश शुल्ककाे ब्यवस्था गरिएकाे उहाँले स्पष्ट पार्नुभयाे ।

सम्बन्धित समाचार