संखुवासभामा एक स्वतन्त्र र १५ दलले गरे उमेदवारी दर्ता



खाँदबारी ।  जिल्लामा आसन्न निर्वाचनको लागि १६ जनाले उमेद्वारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १ स्वतन्त्र र १५ राजनितिक दलले उमेदवारी दर्ता गरेका हुन् ।

संखुवासभाको मादी नगरपालिका ४ का बासुदेव दाहालले स्वतन्त्र उमेदवारी दिनुभएको हो । त्यस्तै राजनितिक दल तर्फ नेकपा एमालेको तर्फबाट डा. अर्जुन कार्की, नेपाली कांग्रेसबाट दीपन कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापा खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पाले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै श्रम सँस्कृति पार्टीको तर्फबाट उमा कुमारी राई, राट्रिय प्रजातन्त्र पार्टीबाट पदम बहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीको तर्फबाट राजकुमार लघु, नेकपा (माओवादी)बाट पुष्प कोईराला, मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट देबेन्द्र कुमार रिल्लि घलेले उमेदवारी दर्ता गराएका छन् ।

यसै गरि, नेपाल जनमुक्ति पार्टीबाट केशरसिं राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनमाया राई, नेपाली जनश्रमदान सँस्कृति पार्टीबाट कृष्णबहादुर राई, राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम वालिङ राई र राष्ट्रिय जनमोर्चाबाट हेमकुमार गुरुङले उमेदवारी दर्ता गराएका हुन् ।

सङ्खुवासभामा आसन्न निर्वाचनमा सहभागि हुनका लागि २१ दल दर्ता भएका थिए । त्यस मध्ये १५ दलले मनोनयन दर्ता गराएकाे निर्वाचन कार्यालयका प्रमुख सन्ताेष राईले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार