खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिका स्थित संखुवाखोलाबाट जलविद्युत आयोजना सञ्चालन गरिरहेको ह्याप्पि ईनर्जी प्रालिले स्थानीयलाई शेयर लगानीबारे प्रशिक्षण दिने भएको छ ।
प्रभावित स्थानीयलाई दिईने शेयरमा लगानीको सहजताका लागि प्रालिले शेयर सचेतना तालिम दिन लागेको हो ।
प्रभावित स्थानीयलाई दिईने शेयरको बारेमा गाउँका आम सर्वसाधारणलाई जानकारी गराई लगानीको अवसर प्रदान गर्नको लागि प्रशिक्षण दिन लागिएको प्रालिका कार्यकारी अध्यक्ष ईन्द्र बिष्टले जानकारी दिनुभयो । अहिले नै शेयर लगानी र त्यसको प्रतिफलको बारेमा आम सर्वसाधारणलाई जानकारी दिईए निकट भविश्यमा दिईने शेयरको लागि पैसा जोहो गर्न सहज हुने भएकोले यो तालिम दिन लागिएको अध्यक्ष विष्टले बताउनुभयो ।
‘हाम्रो यो आयोजना स्थानीयको पनि हो, सकेसम्म स्थानीय सबैले लगानी गरि प्रतिफल पाओस भन्ने हाम्रो चाहना छ’, अध्यक्ष विष्टले भन्नुभयो । स्थानीयलाई अहिले यो तालिम दिईए अहिले बाटै पैसा बचत गर्न थाल्ने अपेक्षा लिईएको उहाँले बताउनुभयो ।
यो तालिम आम सर्वसाधारण सबैले लिओस भन्ने चाहना रहेकोले सबैले सबैलाई खबर गरेर सहयोग गर्न समेत अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
तालिम माघ २६ गते गाउँपालिकाको कार्यालय ताम्कुमा, २७ गते वडा नम्बर २ काे कार्यालय बालामा र २८ गते आयोजनाको कार्यालयमा हुने बताईएको छ ।


प्रतिक्रिया