प्रतिकात्मक तस्विर ।
खाँदबारी । संखुवासभाकाे सिलिचाेङ २ मा बाला स्थित लाेक्छाेङ डाँडामा माेटरसाईकल दुर्घटनामा एक जनाकाे मृत्यू भएकाे छ । सनिबार दिउँसाे करिव ४ बजेकाे समयमा दाङ्खिलाबाट बाला तर्फ जाँदै गरेकाे माेटरसाईकल सडकबाट तल खसेकाे थियाे ।
दुर्घटनामा साल साईला भनेर चिनिने भाेजपुर कुलुङ (बेतेनीबाट बसाई गएका) निवासी बर्ष ५६ काे प्रेम कुमार राई काे मृत्यू भएकाे सिलिचाेङ २ का वडा अध्यक्ष माेहन संशेर कुलुङले जानकारी दिनुभयाे । साेटरसाईकल चालक सप्रन्ते भनिने बर्ष २२ का आकाश कुलुङ घाईते भएकाे अध्यक्ष कुलुङले जानकारी दिनुभयाे ।
मृत्तककाे पाेष्टमार्टम तथा अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट प्रहरी टाेली आउने क्रममा रहेकाे अध्यक्ष कुलुङले जानकारी दिनुभयाे । घाईतेकाे अवस्था सामान्य रहेकाे उहाँले जानकारी दिनुभायाे ।


प्रतिक्रिया