खाँदबारी । संखुवासभाकाे सिलिचाेङ गाउँपालिका स्थित संखुवाखाेलामा जलविद्युत आयाेजना सञ्चालन गरिरहेकाे ह्याप्पी इनर्जी प्रालिले स्थानीय प्रभावितहरुलाई शेयर लगानी बारे साक्षरता तालिम प्रदान गरेकाे छ । गाउँपालिकाकाे तीन केन्द्रमा १५१ जना स्थानीय प्रभावितहरुलाई तालिम दिएकाे हाे ।
प्रालीले माघ २६ गते गाउँपालिकाकाे सभाहल ताम्कुमा, २७ गते वडा नम्बर २ बालाकाे वडा कार्यालयमा र २८ गते आयाेजनाकाे स्थल कार्यालयमा तालिमकाे आयाेजना गरेकाे थियाे । ताम्कुमा ५४ जना, बालामा ५९ जना र आयाेजना स्थल कार्यालयमा ३८ जनाले तालिम लिएकाे आयाेजनाका पब्लिक रिलेसन अफिसर भुपेन्द्र थिम्राले जानकारी दिनुभयाे । तालिममा मुक्तिनाथ क्यापिटल लिमिटेडले शेयर लगानी, प्रतिफल लगायतकाे बारेमा सहजिकरण गरेकाे थियाे ।
आफ्नै गाउँकाे जलश्राेतबाट सञ्चालन हुने आयाेजनामा लगानी गरि बढिभन्दा बढि स्थानीय लाभान्वित हाेस भनेर तालिमकाे आयाेजना गरिएकाे कार्यक्रमका अध्यक्ष समेत रहनुभएका प्रालिका कार्यकारी निर्देशक टिका विष्टले बताउनुभयाे । सर्बसाधारण स्थानीयलाई आयाेजनामा गरिने लगानी र प्रतिफलकाे बारेमा आवश्यक जानकारी नहुँदा लाभ लिनबाट बञ्चित हुने भएकाेले तालिमकाे आयाेजना गरिएकाे उहाँले स्पष्ट पार्नुभयाे ।
कम्पनीले स्थानीयलाई संस्थापक शेयर समेत दिने प्रमुख प्रशासकीय प्रबन्ध निर्देशक बिनाेद कुमार शर्माले जानकारी दिनुभयाे । सिलिचाेङ गाउँपालिका भित्रका नागरिकले न्यूनतम ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म लगानी गर्न सकिने शर्माले बताउनुभयाे । संस्थापक शेयरमा लगानी गर्न चाहनेहरुले आगामी बैशाख मसान्तसम्ममा रकम जम्मा गर्न सकिने उहाँले बताउनुभयाे । पछि स्थानीयलाई प्रभावित शेयर दिईने भएपनि धेरै लगानी गर्न चाहनेहरुकाे लागि पर्याप्त नहुने भएकाेले याे अवसर दिईएकाे उहाँले बताउनुभयाे ।
शेयर शिक्षा कार्यक्रममा बाेल्नुहुँदै गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले लगानी गर्न नसक्ने अति विपन्न नागरिकहरुकाे पनि लगानीकाे अवसर सृजना गर्नु पर्ने बताउनुभयाे । त्यसकाे लागि आयाेजना निर्माण पक्ष र स्थानीय सरकारले समन्वय गर्नु पर्ने अध्यक्ष मेवाहाङले बताउनुभयाे ।


प्रतिक्रिया