टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु



बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

बिराटचौकमा ९ महिना अघि २०७५ माघ १४ गते पनि ना ३३ ख ३३३५ नम्बरको टिपरको ठक्करबाट ११ बर्षिया लक्ष्मी ढकालको मृत्यु भएपछि स्थानीयले आधा दर्जन बढी टिपर जलाउनुका साथै सोही सडकमा टिपर आवातजावतमा रोक लगाएका थिए । सोही समयमा स्थिति तनावपुर्ण बनेपछि जिल्ला प्रशासन कार्यलय मोरङले निषेधाज्ञा समेत जारी गरेको थियो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..