नक्कली चुरोटको बिगबिगी



जनकपुरधाम। सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ।नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ।

तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्।नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन।

तर, चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीले बताए। ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ’, भण्डारीले भने, ‘दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको छ।’

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..