संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा: सरोकारवाला निकाय मौन



संखुवासभामा अवस्थीत गुफापोखरी । तस्विरः साभार

संखुवासभा,२९ चैत । संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई पर्यटकीय र आर्थिक रुपमा पनि अत्यन्तै महत्वको साथ हेरिएको छ । यहाँको प्रमुख आकर्षणको केन्द्रको रुपमा राष्ट्रिय फुल लालीगुँरासको राजधानी मानिने तिनजुरे, मिल्के, जलजले लालीगुँरास संरक्षित क्षेत्रलाई लिइएको छ । सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका लालीगुँरासमध्ये २८ प्रजातिका लालीगुँरास यहाँ पाइन्छन् । तर, भरपर्दो सडक सञ्जालको विस्तार नहुँदा चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।

संखुवासभामा विभिन्न धार्मिकस्थलका साथै मनोरम प्राकृतिक सौन्दर्यको मजा लिन सकिने धेरै ठाउँहरु छन् । विश्वकै पाँचौं अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज पनि यहीं पर्छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर बस्ने ठाउँ पनि संखुवासभा नै हो । साथै अरुण नदीको मनमोहक दृश्य, संखुवासभाको नुमस्थित भाटभटिनी डाँडा जहाँबाट मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने स्थानीयहरु बताउँछन् । त्यस्तै देशभरिकै सबैभन्दा बढी जंगल, जलस्रोत, विभिन्न जनावर र थरिथरिका पुतलीहरु पाइने संखुवासभा जिल्लामा धेरै ताल र पोखरीहरुसमेत रहेको छ ।

तर, यत्तिका पर्यटकीय महत्वका ठाउँहरू भएको संखुवासभालाई जोड्ने सडक सञ्जालको अवस्था भने यस्तो छ । आन्तरिक मात्रै होइन बाह्य पर्यटकका लागि पनि छानी–छानी घुम्ने ठाउँहरु छन् संखुवासभामा । डक र होटलको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेको संखुवासभाभित्र अवस्थित पर्यटकीयस्थलहरुबाट राज्यले फाइदा लिन सकेको छैन । प्राकृतिक, धार्मिक र सांस्कृतिकलगायतका विभिन्न सम्भावना हुँदाहँुदै पनि राज्यको उपेक्षाका कारण संखुवासभालाई पर्यटकीय गन्तव्य बनाउन नसकेको स्थानीयको गुनासो छ । पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

सडक सञ्जाल र होटल व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउने हो भने मात्रै पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिने पर्यटन संखुवासभाका होटेल व्यवसायीहरु बताउछन् । विदेशी पर्यटक तथा आन्तरिक पर्यटकहरुले काठमाडौं र विराटनगरबाट तुम्लीङटारसम्मको हवाई यात्रा गरी केही घण्टाको सवारी यात्रा गर्दै मकालु हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिने राम्रो गन्तब्यको रुपमा बनाउन सकिन्छ । तर प्रचारप्रसारको अभावका कारण संखुवासभाका पर्यटकीयस्थलहरु भने अहिले ओझेलमा परेका छन्।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..