संखुवासभाका जेनजेन, जस्ले आफु पढेकाे स्कुलको झण्डा सगरमाथा पुर्याए



खाँदबारी । संखुवासभाका जेनजेन लामाले आफू अध्ययन गरेको स्कुलको नामसहितको झण्डा सगरमाथामा फहराएका छन्। उनले विद्यालयको नाम ‘हिमालय माध्यमिक विद्यालय’ लेखिएको झण्डा सगरमाथामा टुप्पोमा पुगेर फहराएका हुन्।

सगरमाथा आरोहण गर्न थालेयता आफूले अध्ययन गरेको स्कुलको नामसहितको झण्डा सगरमाथा सिरमा पुर्‍याउने इच्छा रहेको बताउने उनी यो वर्ष आफ्नो इच्छा पूरा भएको सुनाउँछन्। आफू अध्ययन गरेको स्कुलको सम्मानस्वरुप झण्डा सगरमाथाको शिरमा पुर्‍याएको उनले बताए ।

उनी भन्छन्‚ ‘जुन स्कुलबाट शिक्षाआर्जन गरेँ, संघर्ष गरेर शिक्षा हासिल गरेँ, मलाइ छहारी दिने स्कुलको जमिन र शिक्षा दिने गुरुहरूका लागि गुरु दक्षिणास्वरुप स्कुलको नाम सगरमाथामा पुर्‍याएको हो।’

उनले यसअघि भिजिट नेपाल २०२२ को लोगो सहितको झण्डा सगरमाथामा पुर्‍याएका थिए। त्यसवेला पर्यटनमन्त्री रहेका योगेश भट्टराईले उनलाई सम्मानसमेत गरेका थिए।

सम्बन्धित समाचार