बिहे गरेको एक सातामै बेहुली बेपत्ता



३० फागुन, धनकुटा । विवाह गरेर अघिल्लो साता उदयपुरको गाईघाट पुगेकी धनकुटाकी एक युवती बेपत्ता भएकी छिन् । हराएको एक सातासम्म खोजी गर्दा पनि उनी नभेटिएको आफन्तको भनाइ छ ।

धनकुटाको चौबीसे घर भएकी रीता पाण्डे हराएकी हुन् । अघिल्लो सातामात्रै उनको विवाह भएको थियो । बिहेपछि गाईघाटमा रहेकी उनी एक्कासी घरबाट हराएको आफंन्त दूर्गा कार्कीले अनलाइनखबरलाई बताए ।

युवती हराउनुअघि को व्यक्तिसँग उनको टेलिफोन सम्पर्क भएको थियो भन्ने पत्ता लगाएर खोजी गरिदिन आग्रह गर्दा स्थानीय प्रहरीले अदालतमा गएपछिमात्रै त्यसरी फोन ट्यापिङ गर्न मिल्ने भन्दै असहयोग गरेको परिवारका सदस्यहरुको गुनासो छ ।

सीता अर्की एकजना महिलासँग झापा पुगेका थिए । त्यहाँ होटलमा काम खोज्दै रीता र अर्की एउटी युवती आइपुगेको भन्दै सुर्खेत घर बताउने लव नेपालीले पारिवारका सदस्यलाई फोन गरेका थिए । उनले रीतालाई धरानमा ल्याएर परिवारलाई जिम्मा लगाउने बताएका थिए ।

तर, भोलिपल्ट रीता काठमाडौं भागेको ती व्यक्तिले परिवारलाई जानकारी गराएका छन् । परिवारका सदस्यहरुले भने रीतालाई कसैले बिक्री गर्न भारततिर लगेको हो कि भन्ने आशंकामा माइती नेपाल र सीमा प्रहरीको ध्यानाकर्षण गराउन लागेको बताए ।

उता रीतालाई आफूले झापामा भेटेको दाबी गर्ने लव नेपालीले टेलीफोन सम्पर्कमा अनलाइनखअबरसँग भने ‘मेरो पर्ससमेत लिएर दुबैजना काठमाडौंतिर भागेछन्, मैले कलंकीमा केटाहरु खडा गरेको छु, र म पछि झापाबाट काठमाडौं जाने बस चढिसकेको छु, तिनीहरु पक्कै पनि काठमाडौंमा भेटिन्छन् ।’

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..