पाँचखपन नगरपालिकामा स्वास्थ्य चौकी प्रमुख सहित दुई जना पक्राउ



संखुवासभा, असार १९ गते । जिल्लाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीमा कार्यरत दुईजना स्वास्थ्यकर्मीहरु पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा स्वास्थ्यचौकी प्रमुख सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जलजला स्वास्थ्य चौकीका प्रमुख सलबहादुर श्रेष्ठ र सोही स्वास्थ्य चौकीमा कार्यरत उदयकुमार शाह रहेका छन् । पीडित महिलाले आफूलाई दुईजना मिलेर यौन दुर्व्यवहार गरेको भन्दै असार १० गते जिल्ला प्रहरी कार्यालय खाँदबारीमा उजुरी दिएकी थिइन् । पक्राउ परेका श्रेष्ठ र शाहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारुमगरले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..