भोजपुरमा अलैंची खेति विस्तार तिब्र




भोजपुर, असोज २२ गते । भोजपुरका चार वटा स्थानीयतहका २२ वडामा अलैंची जोन कार्यक्रम लागु हुने भएको छ । अलैंची जोन क्षेत्र निर्धारणका लागि आइतबार बसेको सरोकारवालाको छलफल तथा अन्तरक्रियाले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले आयोजना गरेको छलफलले भोजपुर नगरपालिकाको वडा नम्बर १ र २ हेलौउछा, ३ गुप्तेश्वर, ४ सिद्धेश्वर, ५ बोखीम, ८ पोखरे, ९ भोजपुर काफ्ले, १० भैंसीपंखा र वडा नम्बर ११ आम्तेकमा अलैची जोन क्षेत्र बनाउने भएको हो । त्यस्तै षडानन्द नगरपालिकाको वडा नम्बर ९ किमालुङ, वडा नम्बर १० साङपाङ र वडा नम्बर १३ बोयामा अलैंची जोन कार्यक्रम लागु हुने छ ।

त्यसैगरी टेम्केमैयुङ गाउँपालिकाको वडा नम्बर ६ कोट बाहेकका सबै वडा,रामप्रसादराई गाउँपालिका वडा नम्बर १ ओख्रे र अरुण गाउँपालिका वडा नम्बर २ चम्पे गरी जिल्लाका २२ वडामा अलैंची जोन कार्यक्रम लागु हुने निर्णय गरेको हो । अहिले २२ वटा जिल्लामा यो कार्यक्रम लागु भएकाले प्रतिवेदन तयार पारेर कृषि मन्त्रालयमा पेश गरिने भन्दै परियोजनाका वरिष्ठ कृषी इन्जिनियर सरोज अधिकारीले अहिले जोन क्षेत्र छुटेमा इकाई कार्यालयबाट सिफारीस गरेर ती क्षेत्र समेटिन सकिने बताउनुभयो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..