पर्यटक पर्खिंदै जोरपोखरी,



ताप्लेजुङ : पाँचथर सदरमुकाम फिदिमबाट करिब २७ किलोमिटरको दूरीमा जोरपोखरी छ। मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडकको छेउमै रहेको पोखरी पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पनि विकास हुँदै छ। वरिपरी डाँडा, बाक्लो जंगल, ऐंसेलु, काफलका बोट, विविध जडिबुटीको सुगन्ध, चिसो मौसम र चराचुरुङ्गीको आवाज आदिले यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउँछ। सवारीसाधनबाट ताप्लेजुङको पाथीभरा, कञ्चनजंघा, कुम्भकर्ण जाने तीर्थयात्रीका साथै पर्यटकहरु केही समय रोकिएर जोरपोखरीको दृश्यावलोकन गरेर मात्रै अगाडि बढ्छन्। यद्यपि, प्रचारप्रसारको कमीले पर्यटकहरु उल्लेख्य पुग्न सकेको छैन।

जोरपोखरीको प्राचीन कालदेखि धार्मिक महत्त्व रहेको स्थानीय बताउँछन्। यहाँ स्थापित शिवालय मन्दिर यहाँको धार्मिक विषेशता हो। पाँचथरको साविक सुभाङ, पञ्चमी, भारपा र एकतीन गाविसको संगम स्थलमा रहेको यो पवित्र क्षेत्रमा विभिन्न समयमा धार्मिक अनुष्ठानहरु पनि हुने गर्दछन्। हरेक वर्षको साउन १ मा लगभग दुई घण्टाको दूरीमा रहेको तमोर नदीबाट जल ल्याई शिवजीलाई चढाउने प्रचलन छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..