इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ



इटहरी । इटहरीको एक होटलबाट भारतीयसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यौन धन्दा भईरहेको सूचना पाए पछि प्रहरीले छापा मारेको थियो । युवतीहरुलाई भारतीय ग्राहक भिडाएको प्रहरीले जनाएको छ ।

एउटै कोठामा बस्ने महिलालाई ग्राहकहरु बोलाई यौनक्रिडा गराउँने गरेको इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । एउटै महिलालाई पालै पालो धेरै जनाले यौनसम्पर्क गर्ने गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसाको प्रलोभनमा एक रातको ४ हजार भारतीय रुपैयासम्म दिने गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको इन्स्पेक्टर चौलागाईले बताए । उनले भने बस्तुको भाउमा महिला विक्रि भईरहेको पाईयो उनले भने । भारतीयहरुबाट धेरै पैसा लिएर होटलमा यौनधन्दा गरेका रहेछन ।’– उनले भने ।

यौनधन्दामा संलग्न भारत पट्ना ४ बस्ने बर्ष २८ को रविकान्त निराला, कटियारका प्रभाकर कुमार साह,सुमनकुमार मण्डल, सुपौल कटैया दिपेशकुमार मेहता, कटियार ललनकुमार मण्डल ,कुन्दन कुमार ठाकुर, बिजय केवड ,निरजकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै सप्तरी कन्चनरुपका योगेन्द्र मालाकार, इटहरी २ का रविन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटल रविन साहले संचालन गदैं आएका थिए । त्यसैगरी युवतीको व्यवस्था गर्ने समूहमध्येकी मोरङको केराबारी– १० की तीर्थमाया भुजेल र साथी बनी बोलाउने धरान– ८ की २२ वर्षीया सीमा मगरलाई समेत पक्राउ गरि मुद्धा दायर गरेको छ । उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको स्कारपियो पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..