सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी



सिन्धुली स्सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका पानीराज बम्जनको प्यानलले गाउँपालिका प्रमुख तथा उप प्रमुख देखि ७ वटै वडामा जीत हात पारेको हो ।

मंगलबार साँझ सम्पन्न मत गणना अनुसार बम्जनले ४७९९ मत ल्याएर गाउँपालिका प्रमुखमा विजयी हुनु भएको हो । उक्त गाउँपालिकाका निर्वाचन अधिकृत यज्ञबहादुर खत्रीका अनुसार एमालेका एकबहादुर रानालाई २९३३ मत अन्तरले पछि पार्दै बम्जन प्रमुखमा विजयी हुनु भएको हो ।

मरिण गाउँपालिकाको उपप्रमुखमा पनि माओवदी केन्द्रकै संगिता माझी विजयी हुनु भएको छ । उहाँले ४५३५ मत प्राप्त गर्नु भएको छ । यस्तै १ देखि ७ नम्बर वडामा क्रमस माओवादी केन्द्रकै हिराबहादुर गुर्मछान (६१६), चन्द्रनाथ गौतम (६६७), विमर्श मोक्तान (६९३), धनबहादुर स्याङ्तान (८७८), प्रचार कम्जन (४३१), कुरसाङ लामा (६२२) र राजन थापा (७३४) मत ल्याएर विजयी हुनु भएको छ ।

‘उक्त गाउँपालिकाको वडा नम्बर ५ सदस्यमा एमालेका पेमान बम्जन बाहेक अन्य सबै सदस्यहरु समेत माओवादी केन्द्रले जितेका छन्,’ खत्रीले भन्नुभयो । यस्तै कमलामाई नगरपालिकाका १४ वडा मध्ये हालसम्म १, २ र ३ नम्बर वडाको मत गणना सम्पन्न भएको छ । मत परिणमा अनुसार १ मा नेपाली कांग्रेसका महेश अतिवडा, २ मा माओवादी केन्द्रका नवराज थिङ र ३ मा एमालेका खड्ग चौलागाँई विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले बताउँनु भयो ।

सम्बन्धित समाचार