झापामा त्यत्तिकै खेर जाने सुपारीको सुप्लोबाट दुना टपरी बुन्दै



झापा ।  झापाकाे बुद्धशान्ति गाउापालिका जयपुरका नारायण रिजालले भारतबाट मेशीन ल्याएर सुपारीको पात सुप्लोबाट दुना, बोता र टपरी बनाउन थालेका छन्   बुधबारे जयपुरका टीकाराम बाास्कोटाले पनि यही वर्ष ४ वटा मेशीन जडान गरेर यस्ता सामान बनाउन थालेका  हुन् । केही वर्षअघिसम्म त्यत्तिकै खेर जाने सुपारीको सुप्लो अहिले औसत तीन रुपैँया मूल्यमा खरीद बिक्री हुने गरेको छ ।
सुप्लोलाई धोई पखाली नरम बनाएर दुई सय ५० डिग्री तापक्रममा राखेर दुना, बोता र टपरीहरु बनाइन्छ ।  एउटा पातबाट दुईदेखि तीनवटासम्म थाल तथा प्लेट बन्ने गरेको व्यवसायी बताउाछन् । एक अध्ययन अनुसार झापा, मोरङ र सुनसरीमा ३४ लाख सुपारीका बोट रहेको अनुमान गरिएकाे छ ।

सम्बन्धित समाचार