नमुना कलेजद्वारा बाढीपीडितका लागि ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग



इटहरी । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले जानकारी दिए।

२०७० सालमा स्थापना भएको नमुना कलेजले गुणस्तरीय शिक्षाका साथै विभिन्न सामाजिक तथा मानवीय अभियानमा समेत सहभागिता जनाउँदै आएको छ। विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताए।

कलेजले बाढीबाट प्रभावित नागरिकको पीडा न्यूनीकरण तथा राहत कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार