५ हजार ४ सय ३९ मतले दिपक खड्का विजयी



खाँदबारी । प्रतिनिधी सभातर्फ सङ्खुवासभामा नेपाली कांग्रेसका उमेद्वार दिपक खड्का निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उमेद्वार बन्नुभएका खड्काले ३२ हजार १५८ मत प्राप्त गरि विजयी बन्नुभएको हो ।

उहाँको निकट्तम् प्रतिद्वन्द्वि नेकपा एमालेका उमेद्वार राजेन्द्र गाैतम २६ हजार ७१९ मत प्राप्त गर्नुभएको छ । गौतमलाई खड्काले ५ हजार ४३९ मत अन्तरले पराजित गर्नुभएको हो । गौतम र खड्का विच यो तेश्रो प्रतिष्पर्धा हो । २०७० को निर्वाचनमा खड्का निर्वाचित हुनुभएको थियो भने ०७४ मा गौतम निर्वाचित हुनुभएको थियो । निर्वाचित खड्का पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत हुनुहुन्छ ।

१ लाख १७ हजार ५५४ मतदाता रहेको सङ्खुवासभामा ६५ हजार ८९२ मत खसेको थियो । प्रतिनिधी सभामा २ स्वतन्त्र सहित १२ जनाको उमेद्वारी परेको थियो । नेपाली कांग्रेस र नेकपा एमाले बाहेक अन्य उमेद्वारहरुले झिनो मत मात्र प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार