महाकुलुङ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । निर्माण सुरु गरिएको २० महिना १६ दिनमा सम्पन्न गरि आज (सोमबार) गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
भवन ७ करोड २२ लाख रुपैयाँमा बिकेएसके कन्सट्रक्सन एण्ड सप्लायर्स प्राली निर्माण गरेको हो । एक कार्यक्रमको आयोजना गरि निर्माण कम्पनीको तर्फबाट भोगिन चाम्लिङले गाउँपालिका अध्यक्ष सुर्य कुलुङलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो ।
भवन निर्माण सम्पन्न गर्नका लागि गत साउनसम्म समय सिमा दिईएको थियो । उक्त समयमा निर्माण सम्पन्न नभएपछि कार्तिकसम्मको लागि म्याद थप गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङले जानकारी दिनुभयो । थप गरिएको समय सिमा भित्र निर्माण सम्पन्न गरि गाउँपालिकालाई बुझाईएको कुलुङले जानकारी दिनुभयो ।

पालिका भवन महाकुलुङ गाउँपालिका १ बुङमा निर्माण गरिएको हो । यस अघिसम्म भाडामा लिईएको घरबाट पालिकाले प्रशासनिक सेवा दिदै आएको थियो । नयाँ भवनबाट तिहारपछि सेवा दिईने प्रमुख प्रशासकीय अधिकृत कुलुङले जानकारी दिनुभयो । आफ्नै भवनबाट सेवा दिन थालेसँगै खर्च घट्ने कुलुङको दावी छ । यस अघि ६ वटा ब्यक्तिको घर भाडामा लिदा बार्षिक २० लाख रुपैयाँ भन्दा बढि खर्च हुने गरेकोमा उक्त रकम बच्ने कुलुङले जानकारी दिनुभयो ।
यस अघि सबै वडाहरुको भवन निर्माण भईसकेको छ ।

प्रतिक्रिया