यौनसम्पर्क गराउँने तीन जना पक्राउ



इटहरी । इटहरी चौक तथा आसपासको क्षेत्रमा मध्यरातमा खुल्ला आकास मुनि यौनसम्पर्क गराउँने तीन जनालाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।

रातको समयमा मोटरसाईकल तथा ट्रकहरु रोकेर यौनजन्य गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । रातको समयमा यौनधन्दा गर्नेहरुलाई कडाई गर्दै उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

केहि समय यता तेस्रो लिङ्गीहरुको विगविगी बढेको छ । युवाहरुलाई यौनसम्पर्क गराउँन लगाउँदै पैसा लिने गरेको पाईन्छ । राती ९ बजे पछि तेस्रोलिङ्गीहरुले युवाहरुलाई बाटैमा बोलाउने र मुख मैथुन गराउँने गरेको प्रहरी बताउँछ ।

सम्बन्धित समाचार