धनकुटाको पाख्रीवासमा तास खेल्ने ११ जना पक्राउ



धनकुटा । धनकुटाको पाख्रीवासमा तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पाख्रीवास बजारस्थित डिपिन गौतमको घरमा मङ्गलबार राति छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–२ का टेकनाथ अधिकारी, नवराज मगर, डिपिन गौतम, ललित राना, चन्द्रबहादुर राना, निरज श्रेष्ठ, दीपक अधिकारी, धनबहादुर मगर र तोर्ण मगर रहेका छन् ।

त्यस्तै, पाख्रीवास नगरपालिका–४ का भीम बसेल र चितवनको भरतपुर महानगरपालिका–७ का अर्जुन सुयाल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तास खेलिरहेको स्थानबाट ४१ हजार ५२७ रुपैयाँ नगद र एक बुङ तास बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पाण्डव राजवंशीले उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ‘जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने’ कसुरमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

मुद्दा दायर भएपछि पाँच दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार