संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका– १ नुनढाकी थर्पु भन्ने श्रीमानले आफनै श्रीमतीको कुटपिट गरि हत्या गरेका छन् ।
आज (बुधबार) विहान करिब ९ बजेतिर स्थानीय रिन्जे शेर्पाले आफ्नै श्रीमती मिङमाछेकी शेर्पाको कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक कुमारप्रसाद मैनालीले बताए । उनको अनुसार, रिन्जेले मादक पदार्थ सेवन गरि श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।


प्रतिक्रिया