खाँदबारी। चौथो मकालु खुला फुटसल गोल्ड कप २०८३ को उपाधि राष्ट्रिय युवा संघ नेपालले जितेको छ। मकालु फ्रेन्ड्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा खाँदबारी युथ क्लब उपविजेता बनेको हो।
खाँदबारीस्थित सूर्य बोर्डिङ स्कुलको अनुरोध फुटसलमा सञ्चालन भएको प्रतियोगिताको विजेता राष्ट्रिय युवा संघ नेपालले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता खाँदबारी युथ क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपालका मिलन क्षेत्री उत्कृष्ट गोलरक्षक घोषित भए। मकालु फ्रेन्ड्स क्लबका दीपक चौहानले सर्वाधिक गोलकर्ताको उपाधि जित्दा पाँचखपनका नगेन राई उत्कृष्ट खेलाडी बने। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
मकालु गाउँपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा फुटसल खेलको विकास गर्नु, युवालाई खेलकुदप्रति आकर्षित गर्नु तथा खेलाडीको प्रतिभा उजागर गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले युवाबीच आपसी एकता, खेल भावना र स्वस्थ प्रतिस्पर्धाको संस्कृतिलाई प्रोत्साहन गरेको आयोजकको भनाइ छ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक मकालु गाउँपालिका, सहप्रायोजक, सहभागी टोली, खेलाडी, सहयोगी संस्था तथा सम्पूर्ण खेलप्रेमीप्रति मकालु फ्रेन्ड्स क्लबले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया