बेलबारीबाट गाँजासहित धनकुटाका दुई जना पक्राउ



विराटनगर । मोरङको बेलबारी नगरपालिका-६ सोमबारेबाट गाँजासहित दुई जना पक्राउ परेका छन् ।

धनकुटाको चौबिसे गाउँपालिका-७ का ३५ वर्षीय आइतबहादुर राई र सोही स्थानका सन्देश परियार गाँजासहित पक्राउ परेका हुन् ।

आज बिहान करिब ४ बजे प्र. १-०२-०४० प ९१९१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

सम्बन्धित समाचार