खाँदबारीदेखि मकालु बेस क्याम्पसम्म (फोटाे फिचर १)



खाँदबारी । फेमली अल्पाईन ट्रेक एण्ड एक्सपिडिसन प्रालि मार्फत १६ जना विदेशी (स्लोभेनियन) पर्यटकहरुसँग हालै मकालु बेस क्याम्पसम्मका यात्रा तय गरिएको थियो ।

कम्पनीका सञ्चालक तथा गाईड लाक्पा नुर्वू शेर्पाको नेतृत्व तथा ठिलेन शेर्पाको ब्यवस्थापनमा अप्रिल ११ देखि २५ सम्म यात्रा गरिएको थियो । उक्त यात्राका क्रममा देखिएको दृश्य (तस्विरहरु) यहाँ पोष्ट गरिएको छ ।

तस्विर: लक कुमार कुलुङ/मकालु अनलाइन

सेदुवाबाट पुगिने पहिलो क्याम्प, डाँडाखर्क ।

गाउँ छोडिसकेपछिको दोस्रो क्याम्प खोङमा ।

गाउँ छोडिसकेपछिको दोस्रो क्याम्प खोङमा ।

खोङ्माबाट गोङ्गुर्ला पास गरेपछि भेटिने सानो पोखरीको साथमा पारीदेखिने जोडखाँबे हिमालको सुन्दर दृश्य, यतिबेला सानो पोखरी हिउँले पुरै ढाकेको अवस्था ।

सानो पोखरी पछि मकालु बेश क्याम्प यात्राको सबै भन्दा अग्लो डाँडा सेप्तेन्ला पास गर्दै यात्रुहरु ।

सानो पोखरी पछि मकालु बेश क्याम्प यात्राको सबै भन्दा अग्लो डाँडा सेप्तेन्ला पास गर्दै यात्रुहरु ।

सानो पोखरी पछि मकालु बेश क्याम्प यात्राको सबै भन्दा अग्लो डाँडा सेप्तेन्ला पास गर्दै यात्रुहरु ।

मकालु बेश क्याम्प यात्राको सबै भन्दा हाइ पास सेप्तेन्ला, यो डाँडा ४,२०० मिटर उचाई रहेको छ ।

सानो पोखरी पछि मकालु बेश क्याम्प यात्राको सबै भन्दा अग्लो डाँडा सेप्तेन्ला पास गर्दै यात्रुहरु ।

 ४,२०० को हाइ पास सेप्तेन्लाबाट ठूलो पोखरीतिर जानेबाटाे ।

हात्तिको आकारमा देखिने ठूलो पोखरीको दृश्य, यत्तिबेला हिउँले ढाकेकोले सामान्य देखएको छ ।

खोङमाबाट हिडेपछि पुगिने क्याम्प ३८०० मिटर उचाईमा रहेकोदोबाटे ।

याङले खर्क पुग्न अगाडि भेटिने बरुणखोलामा काठे पूल तर्दै यात्रीहरु ।

वरुण भ्याली याङ्लेखर्क ।

वरुण भ्याली याङ्लेखर्क ।

याङ्लेखर्क सहित सबै मानिसहरुको आस्थको धरोहर शिवधाराको दृश्य ।

याङ्लेखर्क पछि भेटिने शिव–पार्वती जोडीको प्रतिकको रुप मानिने आमाभुजुङ्ग ।

 याङ्लेखर्कबाट पुगिने क्याम्प लाङ्माले, पृष्ठभूमिमा नेपौ र चाम्लाङ्ग हिमालको दृश्य ।

लाङ्मालेबाट देखिने चाम्लाङ, पिडामिड र पिक ३ हिमालको दृश्य एकै रेञ्जमा ।

लाङ्मालेबाट चाम्लाङ हिमालको दृश्य अवलोकन गर्दै एकजना पर्यट ।

नेपौ र चाम्लाङ हिमालको फेदमा अवस्थित आइसफल ताल, यसलाई लामपोखरी, तल्लो वरुण पोखरी जस्ता धेरै नामले चिनिन्छ । वरुण भ्यालीको लागि खतर्नाक अवस्थामा रहेको यो पोखरी चाँडै विष्फोट हुनसक्ने सम्भावना रहेको विज्ञहरुको अनुमान ।

मकालु बेशक्याम्प । पृष्ठभूमि मकालु हिमाल

मकालु हिमालको फेदमा अवस्थित सेतो पोखरी, यो वरुणखोलाको उद्गम स्थल हो ।

मकालु हिमालको फेदमा अवस्थित सेतो पोखरी, यो वरुणखोलाको उद्गम स्थल हो ।

मकालु भ्यू पोइन्टमा पुगे पछि सामूहिक फोटो खिच्दै पर्यटकहरु ।

 

 

 

सम्बन्धित समाचार