एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दै



काठमाण्डौ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

खेल किनरारा ओभलमा बिहान सवा ८ बजे हुनेछ । आज नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रनले र कुवेतलाई २५ रनले हराएको थियो । समूह बी मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । बहराइनलाई हराएमा नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ ।

बहराइन २ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा भोलि हङकङसँग खेल्नेछ ।

सम्बन्धित समाचार