खाँदबारी । संखुवासभाकाे चिचिचा गाउँपालिका वडा नम्बर ४ स्थित मत्स्येपाेखरीमा सम्पन्न खुल्ला अन्तरपालिका स्तरीय महिला भलिबलकाे उपाधि आमचाेक गाउँपालिका भाेजपुरले जितेकाे छ । पुरुष भलिबल प्रतियोगिताको उपाधी पाँचखपन नगरपालिका संखुवासभाले जितेकाे छ ।
फाईनल खेलमा साल्पासिलिछाे गाउँपालिकालाई पराजित गर्दै आमचोकले उपाधी जितेको हो । पुरुष तर्फको प्रतियोगितामा मकालु गाउँपालिकालाई हराउँदै पाँचखपन नगरपालिकाले उपाधि जितेको हाे ।
पुरुष तर्फको उपाधी जित्दै पाँचखपनले नगद १ लाख ५५ हजार रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मकालुले नगद ७५ हजार रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सेमिफाइनालिष्ट सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाले २५/२५ हजार रुपैंया प्राप्त गरेका छन् । यस्तै महिला तर्फ आमचोकले नगद १ लाख रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने साल्पासिलिछोले नगद ५० हजार रुपैंया साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको गरेको हो । सेमिफाइनालिष्ट बनेको पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकाले १५/१५ हजार रुपैंयामा चित्त बुझाएको थियो ।
२०८२ चैत्र २६ गतेबाट सुरु भएको प्रतियोगिता वैशाख १ गते सम्पन्न भएको हो । प्रतियोगीतामा पुरुषतर्फ ५ वटा टिम र महिलातर्फ ७ वटा टिमको सहभागिता रहेको थियाे ।

कार्यक्रम समापन समारोहमा गाउापालिका अध्यक्ष पासाङनुर्वु शेर्पा, उपाध्यक्ष मनकला राई, वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राई, वडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राई वडा नं. ४ का अध्यक्ष बाल कुमार तामाङ, वडा नम्बर ५ का अध्यक्ष चन्द्रबीर राई, कार्यपालिका सदस्यहरु राजेनद्र घले, पुष्पा राई, वडा सदस्यहरुकाे किशाेर कुमार गुरङ, राजधन गुरुङ, नेपाली कांग्रेस संखुवासभाका सचिव टकमान घले लगायत राजनितिक दलका नेतृत्वहरुकाे उपस्थिति रहेकाे थियाे । भलिबल समापन पश्चात सामुहिक नृत्य प्रतियाेगिता सहित गायक परेश राई र अन्य कलाकारहरुले प्रस्तुती दिएका थिए ।


प्रतिक्रिया