प्रथम आमन्त्रित कर्मचारी फुटसल प्रतियोगिताको उपाधि चिचिलालाई



खाँदबारी । खाँदबारीमा सम्पन्न प्रथम आमन्त्रित कर्मचारी फुटसल प्रतियोगिताको उपाधि चिचिला गाउँपालिकाले जितेको छ। संखुवासभाको खाँदबारीस्थित अनुरोध फुटसलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मादी नगरपालिकालाई पराजित गर्दै चिचिला गाउँपालिकाले उपाधि हात पारेको हो।

उपाधिसँगै चिचिला गाउँपालिकाले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मादी नगरपालिकाले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा सहभागी अन्य टोलीलाई मायाको चिनो प्रदान गरिएको आयोजक गुड ब्योइज खाँदबारीका अध्यक्ष पालु भोटियाले जानकारी दिनुभयो।

प्रतियोगितामा कर्मचारी मिलन केन्द्र संखुवासभासहित चिचिला गाउँपालिका, मादी नगरपालिका, सिलिचोङ गाउँपालिका, खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका र षडानन्द नगरपालिकाको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार