भोजपुरमा शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) तयारी कक्षा शुरु



भोजपुर। स्वतन्त्र विद्यार्थी यूनियन भोजपुरले शिक्षक सेवा आयोगले लिने शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) तयारी कक्षा शुरु गरेको छ ।नेपाली विषयको एक महिना सम्म तयारी कक्षा सञ्चालन हुने जनाइएको छ ।

आइतबारबाट शुरु भएको कक्षा यहि असोज ९ देखि ११ गते सम्मका सञ्चालन हुने लाइसेन्सको परिक्षालाई लक्षित गरेर सञ्चालन गरिएको स्ववियू भोजपुरले जनाएको छ ।  तयारी कक्षामा भोजपुर क्याम्पसका २५ जना विद्यार्थीको सहभागिता रहेको छ । तयारी कक्षाको भोजपुर क्याम्पसका उप प्रध्यापक बाबुराम ओझा र इश्वरा ओझाले सहजीकरण गरिरहेका छन् ।

यस अघि ४० अंक प्राप्त गर्ने पास हुने तर यसपटक देखि कम्तिमा ५० अंक हासिल गर्नेले मात्र लाइसेन्स पाउने भएकाले विद्यार्थीका सहजको लागि स्ववियुले कक्षा संचालन गरेको स्ववियु सभापति प्रकाश सिं राईले बताए ।

सम्बन्धित समाचार