कास्की र मनाङमा दुई पर्यटकको मृत्यु



कास्की । कास्की र मनाङमा गरी शनिबार दुई पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका–६, लेकसाइडको स्ट्रेट नम्बर–२ स्थित लक्की सेभेन गेस्टहाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्लहेन्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७, टंकीमा थ्रोङलापासकोक्रममा अमेरिकी नागरिक (पासपोर्ट नम्बर ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गन्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गइ हेर्दा मृत अवस्थामा फेलापरेका थिए भने अमेरिकी नागरिक स्मिथको हृदयाघातका कारण मृत्यु भएको र दुवै घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार