धनकुटा । धनकुटा नगरपालिका–९ स्थित मुलघाट नजिक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
सुनसरीको इटहरीबाट हाईड्रोपावरमा प्रयोग हुने केमिकल बोकेर संखुवासभातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक बिहीबार राति करिब २ः३० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्रक चालक इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।
घाइते दुवैलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
प्रहरीका अनुसार ट्रक सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनाग्रस्त ट्रकलाई सडकमा निकाल्ने प्रयास भइरहेको छ ।


प्रतिक्रिया