खाँदबारी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेमा रहेको एक होटलमा आगलागी भएको छ ।
दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक जानकारीमा ग्यास पल्टिएर आगलागी भएको खबर प्राप्त भएको छ ।
आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको डीएसपी बुढाथोकीले बताए ।


प्रतिक्रिया